एकाबिहानै जीप दुर्घटना, चारको मृत्यु
सुर्खेत | माघ ८, २०७९
सुर्खेत- वीरेन्द्रनगर–११ झुप्राखोला नजिक रत्नराजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आज विहान साढे दुई बजे अनियन्त्रित भई सडकदेखि करिव ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा २७ बर्षिय सागर शाही, दैलेख डुङ्गेश्वर गा.पा.–५ बस्ने बर्ष ३३ का दिपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गा.पा.–५ बस्ने बर्ष ३१ को बविन शाही, दैलेख गराँस गा.पा.–३ बस्ने बर्ष ३६ को राजेन्द्र विसीको उपचारका क्रममा निधन भएको प्रहरीको भनाई छ ।
दुर्घटनमा दैलेख भैरवी गा.पा.– ५ बस्ने बर्ष २६ को बिरेन्द्र राज शाहीको छातीमा गम्भिर चोट लागेको हुँदा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...

